Saturday, 02, July, 2022

संसारकै अनौठो ठाउँ: जहाँ महिलालाई जुनसुकै पुरुषसँग शारीरक सम्बन्ध राख्न छुट

एजेन्सी । हाम्रो समाजमा महिलालाई विवाह पछि परपुरुषसँग सम्बन्ध राख्नु अनुचित मानिन्छ। परपुरुषसँग सम्बन्ध राख्नु भनेको बिवाह धरापमा पार्नु हो । सुन्दा पनि अचम्म लाग्ने चलन छ अफ्रिकाको एक देशमा। जहाँ महिलाहरुले विवाह पछि पनि श्रीमान बाहेक अन्य परपुरुषसँग सम्बन्ध राख्न पाउँछन्।

नाइजर प्रान्तमा केटीहरुले जे पनि गर्न सक्छन्। यहाँ मुस्लिम समुदायमा केटीहरु जस्तै केटाहरु घरमा बस्ने चलन छ । यहाँ ठूला ठूला निर्णय गर्नु परे महिलाले नै लिन्छन्। तुआरेग नामको जातिमा यस्तो चलन छ जुन संसारमा अन्यत्र कतै पनि छैन।

यहाँ महिलाहरुले विवाहपछि पनि पतिबाहेक अन्य पुरुषसँग शारीरक सम्बन्ध राख्न सक्छन्। केटाहरुले भने अनुहार लुकाएर राख्नु पर्छ। महिलाले चाहेमा पुरुषलाई छोड्न सक्छन् पुरुषले भने महिला छोड्ने छुट छैन।