Wednesday, 09, June, 2021

एक दिन हराएको थियो ताजमहल, १६ रोचक तथ्य

एजेन्सी । भारतको आगरामा रहेको ताजमहललाई प्रेमको प्रतीक मानिन्छ। राजा शाहजहाँले आफ्नी प्रिय रानी मुमताजको लागि बनाइदिएको ताजमहल संसारका आठ आश्चर्यमध्ये पर्छ। ताजमहलका विषयमा अन्य रोचक कुराहरु पनि छन् जो धेरैलाई थाहा छैन।

१. ताजमहल बनाउँदा यस्तो काठको उपयोग गरिएको छ जसलाई बलियो बनाइराख्नको लागि चिसो आवश्यक पर्छ। त्यो काठलाई चिस्याउने काम नजिकै बगिरहेको यमुना नदीले गर्छ।

२. ताज महल बनाउँदा शाहजहाँले महलको सबैभन्दा माथि सुनको कलश राखेका थिए। ३० फिट ६ इन्च अग्लो यो कलश ४६६ किलो सुनको बनाइएको थियो।

३. ताजमहलमा एउटा पाहुनाघर छ। अंग्रेस शासनकालमा यहाँ नवविवाहित अंग्रेज जोडी आएर बस्थे। यो पाहुनाघरको भाडा निकै महंगो भएको बताइन्छ।

४. ताजमहलमा शाहजहाँ र मुमताजको चिहानको ठिक माथि एउटा ल्याम्प जल्छ। यो मिश्रका राजा बेबर्सी द्वितीयको मस्जिदको नक्कल गरिएको हो।

५. ताजमहल बनाउँदा भूत र जिनहरुले महलको जग हाल्न नदिएको बताइन्छ। पछि शाहजहाँले फकिरहरु ल्याएर जगमा कुरान पाठ गराएपछि बल्ल जग हालिएको बताइन्छ।

६. मुमताजको चिहानको माथि एउटा प्वाल छ जहाँबाट पानी चुहिन्छ। शाहजहाँले महदुरको हात काटिदिने घोषणा गरेपछि मजदुरहरुले यो कमी छोडेको बताइन्छ।

७. दोस्रो विश्वयुद्ध, १९७१ को भारत पाकिस्तान युद्धमा ताजमहलको वरिपरि बाँसको सुरक्षा घेरा बनाएर हरियो च्यादरले महललाई ढाकिएको थियो ताकि यसमा शत्रुको नजर नपरोस्।

८. १८२८ मा ताजमहल बेचिएको थियो। अंग्रेजले लीलामीमा ७ लाखमा ताजमहल बेचेपछि ब्रिटिस एसेम्ब्लीमा यसबारे कुरा उठ्यो र पछि लीलामी रद्द गर्नुपर्‍यो।

९. कुतुबमिनारलाई भारतको सबैभन्दा अग्लो भवन मानिन्छ। तर ताजमहल कुतुबमिनारभन्दा पनि अग्लो छ। ताजमहल कुतुबमिनारभन्दा ५ फिट अग्लो भएको सरकारी तथ्यांक छ।

१०. ताजमहल बनाउँदा त्यतिबेला ३२ मिलियन खर्च भएको सिथयो। त्यसको मूल्य अहिले ६८ अरब ५२ मरोड भारतीय रुपैयाँभन्दा बढी पर्छ।

११. ताजमहलको कुनै पनि फोहरामा पाइप छैन। फोहराको तल तामाका टंकी लगाइएका छन्। जो एकै समयमा भरिन्छन्। दवाव भएपछि फोहरा निकाल्छन्।

१२. ८ नोभेम्बर २०० को दिन ताजमहल गायब भएको थियो। जादुगर पीसी सोरकारले अप्टिकल जादूले ताजमहल हराएको भ्रम पैदा गरेका थिए।

१३. शाहजहाँले पत्नीलाई सेतो ताजबहल बनाएपछि आफ्नो लागि कालो ताजमहल बनाउने सपना देखेका थिए। तर उनलाई छोरा औरंगजेबले कैद गरेपछि उनको सपना अधुरै रह्यो।

१४.  सेल्फीको जमाना नआउँदै जर्ज ह्यारिसन नामका व्यक्तिले फिस आइ लेन्सको मद्दतबाट ताजमहलसँग सेल्फी लिएका थिए।

१५. ताज महलल समयअनुसार आफ्नो रंग बदल्छ। यो बिहान गुलाबी, दिउँसो दुधिया सेतो र जुनेली रातमा सुनौलो देखिन्छ।

१६. ताजमहलमा मुमताज र शाहजहाँको सक्कली चिहान अण्डरग्राउण्ड छ। बाहिर नक्कली चिहान राखिएको छ। चिहानमा अल्लाहका ९९ नाम कुँदिएका छन्।