काठमाडौ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि प्यालेस्टाईनले जितेको छ।
साबिक च्याम्पियन नेपालको समूहमा रहेको प्यालेस्टाइनले अर्को दाबेदार ताजिकिस्तानलाई पेनल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो। नेपालकै समुहमा रहेको ताजिकिस्तानले पनि फाइनल यात्रा तय गरेको थियो। प्र
तियोगिताको ५० औ संस्करणको रोचक फाइनलमा निर्धारित तथा अक्तिरिक्त समयमा पनि दुवै क्षेत्रबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिएको थियो। प्रतियोगिताको एक मात्र अपराजित टोली रहँदै प्यालेस्टाईन च्याम्पियन बनेको हो।
ढाकाको बंगबन्धु नेश्नल स्टेडियममा भएको फाइनलमा प्यालेस्टाईनले ताजकिस्तानलाई ४–३ गोल गरेको थियो। साबिक चयाम्पियन नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो। नेपाल रहेको समूह एमा प्यालेस्टाईन र ताजकिस्तान परेका थिए। नेपाल समूह चरणमा ताजकिस्तानसँग २–० र प्यालेस्टाईनसँग १–० ले पराजित भएको थियो। समूह चरणमा समेत प्यालेस्टाईनले ताजकिस्तानलाई हराएको थियो।