Tuesday, 28, June, 2022

जापानी पुरुषलाई महिलाको आवश्यकता नै नपर्ने, यस्तो छ रोचक कारण

जापानको टोकियो शहरमा बस्ने ४५ वर्षीय फिजियोथेरापिस्ट मासायूकी ओजाकीको वैवाहिक जीवनमा जब पहिलेको जस्तो प्रेम रहेन तब उनले एक्लोपनाबाट छुटकरा पाउन एक अनौठो तरिका अपनाए ।

मासायूकीले सिलिकनबाट मिर्मित एक ‘सेक्स डल’ घर ल्याएर आए । र अहिले त्यही ‘सेक्स डल’ उनको जिन्दगीको एक महत्वपूर्ण प्रेम बनेको छ ।

लाइफ साइज उक्त डलको नाम मायू हो । जो मात्र मासायूकीसँग बेड सेयर गर्दिनन् बल्कि मासासूकी उससँगै नुहाउँछन् पनि ।

मासायूकी भन्छन्, ‘छोरीको जन्मपछि मेरी श्रीमतीले मसँग यौनसम्बन्ध राख्न अस्विकार गरिन् । जसका कारण मैले अत्यधिक एक्लो महसुस गर्न थालें । तर जब मैले शोरुममा मायूलाई देखें मलाई पहिलो नजरमा नै उनीमाथि प्रेम बस्यो ।’

मासायूकी आफ्नी सेक्स डललाई ह्वीलचेयरमा राखेर डेटमा लैजान्छन् ।

मायूलाई उनी आफैले तयार गरिदिन्छन् । उनलाई सेक्सी कपडा लगाइदिन्छन् । यहाँसम्मकी गहना र विग पनि लगाइदिन्छन् ।

मायूको प्रवेशले मासायूकीको जीवनको खालीपन हटेको उनी बताउँछन् । मासायूकीले मायूलाई ड्राइभमा लैजान्छन्, समुन्द्रमा घुमाउँछन् र निकै मज्जाले छुट्टी मनाउँछन् ।

सेक्स डललाई प्रेम गर्नेमा मासायूकी एक्ला व्यक्ति होइनन् । जापानमा हरेक दिन यस्ता पुरुषको संख्या बढिरहेको छ जो सेक्स डलमा वास्तविक प्रेम खोजिरहेका छन् ।

जापानमा हरेक वर्ष करिब २ हजार लाइफ साइज सेक्स डल बिक्रि हुन्छ जसको मूल्य ६ हजार डलर अर्थात् ६ लाख रुपैयाँभन्दा बढि ।

सेक्स डलका निर्माता ओरिएन्ट इन्डष्ट्रिका एमडी हिडियो सूचिया भन्छन्, ‘आजकाल धेरै पुरुषले सेक्स डलको चाहना गर्छन् किनभने

उनीहरुलाई लाग्छ कि उनीहरु वास्तविक रुपमा नै सेक्स डलसँग कुरा गर्न सक्छन् ।’एजेन्सी