Wednesday, 07, June, 2023

राष्ट्रिय वाणिज्य बैंकमा ९५ ब्याजदरमा नयां गाडी कर्जा योजना

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयां गाडी कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ ।

गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा रु. ५० लाख मध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने छ । कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदर लागु हुने छ ।

बढीमा ७ वर्ष सम्म कर्जा अवधि दिइने यो योजना २०७५ कार्तिक मसान्त सम्म मात्र लागु हुने छ । निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ ।