Wednesday, 07, June, 2023

राजधानीमा एनआरएनको विज्ञ सम्मेलनको तयारी पूरा, यस्तो रहेछ भट्ट नेतृत्वको एक वर्षे कार्यकाल

गैरआवासीय नेपाली संघले काठमाडौंमा विज्ञ सम्मेलन गर्ने भएको छ। गैरआवासीय नेपाली दिवस तथा साधारणसभाको अवसरमा संघले काठमाडौंमा आगामी २६/२७ र २८ गते विज्ञ सम्मेल गर्न थालेको संघका अध्यक्ष भवन भट्टले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

‘संसारभर नेपालका विज्ञहरू रहेका छन् अमेरिकामा मात्रै दुई हजार ५०० डाक्टर गैरआवासीय नेपाली रहेको अवस्थामा संसारभर रहेका नेपाली विज्ञको सम्मेलन नेपालमा गर्न थालेका हौँ’ संघका अध्यक्ष भवन भट्टले भने,’नेपालमलाई समृद्ध बनाउनका लागि यो महत्वपूर्ण अभियान हुनेछ।’

संघका उपाध्यक्ष कुमार पन्‍तले गैरआवासीय नेपाली संघ स्थापनाको उद्देश्‍य नै विदेशमा कमाएको पुँजी र ज्ञान नेपालमा भित्र्याउनु भएको बताउँदै विज्ञ सम्मेलन महत्वपूर्ण काम भएको बताए। उनले यसअघि पनि पुँजी भित्रिए पनि ज्ञान भित्र्याउनका लागि यो सम्मेलन सार्थक रहने बताए। सम्मेलनमा ३५० विज्ञ काठमाडौंमा आउने उपाध्यक्ष पन्तको भनाइ छ।

संघका सल्लाहाकार हेमराज शर्माले सम्मेलनको क्रममा १६० वटा कार्यपत्र प्रस्तुत हुने बताएका छन्। १९ सत्रमा प्रस्तुत गरिने १६० कार्यपत्र रहेकोमा त्यसमा ८० जनाले टिप्पणी गरेका छन् जसमध्ये १० जना भने विदेशी रहेका छन्।

आगामी शनिबार तथा असोज २६ गते नीतिगत समस्या र समधानका विषयमा ४ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेका छन् भने आइतबार कृषि, जलविद्युत्, पर्यटन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्सूची राखिएको छ। साथै विदेशमा कमाएको सिप नेपालमा प्रयोग गर्दा पर्ने समस्याका विषयमा पनि कार्यपत्र राखिएको छ।

१९ वटा कार्यपत्र प्रस्तुत र त्यसबाट आएको निचोडका विषयमा छुट्टै प्रतिवेदन बनाउने संस्थाका सल्लाहाकार डा. शर्माले बताए।

गैरआवासीय नेपाली संघको कार्यसमितिको दुई वर्षको कार्यकाल रहने गरेकोमा एक कार्यकाल महाधिवेशन नेपालमा र अर्को वर्ष साधारणसभा विदेशमा गर्ने गरेको थियो। यो वर्ष भने साधारणसभा पनि नेपालमा राखेर पहिलोपटक विज्ञ सम्मेलन गर्न थालिएको हो।

विधानसभा

एनआरएनले विधानसभा पनि राखेको छ। अमेरिका, युरोप, अस्‍ट्रेलिया लगायतका देशमा विधानका विषयमा छलफल गरेको एनआरएनले छलफलमा आएका सुझावसहित विधान संशोधनको विषयमा छलफल गर्ने संघका महासचिव डा. बद्री केसीले जानकारी गराए।

संशोधनका लागि राखिने विधानमा हाल तीनजना उपाध्यक्ष रहेकोमा ५ जना प्रस्ताव गरिएको छ। जसमा वैदेशिक रोजगारी, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, संघको कार्यसमितिको कार्यकाल तीन वर्ष पुर्‍याउने विषय पनि छलफलको लागि राखिएको महासचिव केसीले जानकारी गराए।

भट्टको नेतृत्वमा एक वर्ष के के काम भएर?

????????????????????????????????????

भवन भट्टको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको एक वर्ष भएको छ। यस बीचमा सरकारले गैरआवसीय नेपालीलाई प्रधानमन्त्रीको विदेश भ्रमणको क्रममा उपस्थिति गराउने कुरा संघले उपलब्धिको रूपमा लिएको छ। त्यस्तै यो कार्यसमिति आउँदा लार्पाक बस्ती निर्माणको काम २२ प्रतिशत सकिएकोमा अहिले ७० प्रतिशत सकेको जनाएको छ। संघकी उपाध्यक्ष सफिला रानाभाटका अनुसार आगामी वैशाख १२ गते हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको छ।

संघको नेपालस्थित भवन निर्माणको काम एक वर्षअघि ४० प्रतिशत सकिएकोमा अहिले ९० प्रतिशत काम सकी बिहीबार उद्‍घाटन गर्न थालिएको संघका अध्यक्ष भट्टले जानकारी गराए।

संखमूल पार्क निर्माणको काम ३० प्रतिशत मात्रै भएको अवस्थामा यो कार्यमसमिति आएकोमा निर्माणको काम सकी बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्न थालेको संघका उपाध्यक्ष कुल आचार्यले जानकारी गराए। उनका अनुसार ३ करोड लागतमा निर्माण पार्क निर्माण गरिएको हो।

गैरआवसीय नेपाली संघको तर्फबाट १० अर्बको कोष स्थापनमा गर्ने विषयमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका निकायहरूसँग छलफल गरी काम अघि बढेको अध्यक्ष भट्टले जानकारी गराए।