काठमाडौं । अमेरिकी संस्था मेक अ डिफ्रेन्सको नेपाल प्रमुखमा राजेन्द्र गौतम नियुक्त भएका छन । मंगलवार काठमाडौंको होटल तिब्बेतमा बिशेष कार्यक्रमको आयोजना गरी गौतमलाई नेपाल प्रमुखको जिम्मेवारी दिइएको हो ।
बिगत एक दशक देखी सामाजिक अभियानमा सकृय युवा समाजसेवी गौतम अन्तरास्ट्रिय परोपकारी संस्था सोलीडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन ।
अमेरिकामा प्रमुख कार्यालय रहेको म्याडले तान्जेनिया, ईन्डिया लगाएतका देशमा अती गरीब तथा अनार्थ बालबालिकाको शिक्षाको क्षेत्रमा सहयोग प्रदान गर्दै आइ रहेको छ ।
म्याडको नेपाल प्रमुखको जिम्मेवारी प्राप्त गरे सँगै गौतमले बिभिन्न जिल्लाका अनार्थ बालबालिकालाई बोर्डइङ स्कुलमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने तयारी भई रहेको जानकारी दिए । छात्रवृत्ति कार्यक्रमका निम्ती अमेरिकाबाट म्याडको पाँच सदश्यी टोली नेपालमा रहेको समेत जानकारी गराइएको छ ।
म्याड प्रमुखमा नियुक्त गौतम बिभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रबाट सम्मानित व्यक्तित्व हुन । नेपालको सामाजिक क्षेत्रमा पुर्याएको योग्दान स्वरुप गौतमलाई जर्मन बाट २०१८ को चेन्ज मेकर अवार्ड, नेपालबाट २०१७ को सामाजिक सम्मान, यू के बाट २०१६ को युथ अवार्ड, स्विट्जरल्याण्ड बाट २०१५ को सोसियल इनोभेसन अवार्ड र नेपालबाट २०१३ को राष्ट्रिय शान्ती पुरुस्कार द्ववारा सम्मानित गरि सकिएको छ ।