Sunday, 17, November, 2019

सोफामुनि भेटियो ३० फिट गहिरो इनार, खजानाको लोभमा खन्दा निस्कियो खतरनाक चीज

इङल्याण्डको प्लाइमाउथमा बस्ने एक जोडी त्यतिबेला चकित पर्यो जब उनीहरुले आफ्नो घरको ड्रइङरुम मा सोफामुनि एउटा इनार भएको थाहा पाए । त्यसपछि उनीहरुले खजानाको आशामा यसभित्र खन्न थाले । खजाना त भेटिएन तर निकै खतरनाक चीज भेटिएपछि उनीहरुको सातोपुत्लो उड्यो र उनीहरुले पुलिस बोलाए ।

६७ वर्षका कोलिन स्टिरले घरको सफाइ गर्ने क्रममा सोफामुनि केही जमिन दबिएको भेटेका थिए । उनले त्यहाँ जाँच गर्दा एउटा इनार भेटेका थिए । इनारको चौडाइ करिब ३० इन्च थियो । कोलिनलाई लाग्यो कि यहाँ खजाना हुन सक्छ । उनले तल गएर इनारको पिँधमा खन्न थाले । केही फिट खनेपछि पानी भेटियो । कोलिनले केही दिन काम रोके र फेरि खन्न थाले । कोलिनलाई लागेको थियो कि यहाँ खजाना छ । तस्रो दिन उनले पिँधमा पाइपजस्तो केही चीज भेटे । उनले यो वस्तुलाई बाहिर निकालेर सफा गरे । त्यसको असलियत थाहा पाउँदा कोलिनको सातो गयो ।

यो जर्मन सेनाको एक खतरनाक बम थियो । बम भेटिएपछि कोलिनले यसको सूचना पुलिसलाई दिए । बम डिस्पोजल टोलीका अनुसार यो दोस्रो विश्वयुद्धको बेलाको हुन सक्छ । तर, यो इनार कसले कहिले बनायो र त्यहाँ बम कसरी आयो भन्ने रहस्य भने खुल्न सकेन । एजेन्सी