काठमाडौ । बडादशैँका अवसरमा पशुपति स्थित राजराजेश्वरीमा पाँचटाउके महादेवको अवलोकन र दर्शन गर्न पाइने भएको छ। पुजारी पुरुषेत्तम कर्माचार्यले यसको व्यवस्थापन गरिने जनाकारी दिएको छ।
धार्मिक क्षेत्रमा महादेव, जुँगे माहादेव र पाँच टाउके महादेवको आ–आफ्नै महत्व रहेको धार्किक ग्रन्थमा वर्णन छ। घटस्थापनका दिनदेखि कोजाग्रत पूर्णिमासम्म यी महादेवसँग भक्तजनले साक्षत्कार गर्न पाउनेछन्।
अमलाकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलकाअनुसार यहाँको शक्ति पीठ झङ्केश्वरी, वनकाली, गुहेश्वरी, भुवनेश्वरी, जयवागेश्वरीमा विशेष अर्चना यो पल्ट हुँदैछ भने अमालकोटमा रहेको तलेजुमा पनि योपल्ट भव्य अर्चना हुँदैछ। पाँच टाउके महादेवको मूर्ति अवलोकन दुर्लभ मानिन्छ। गोरखापत्र दैनिकमा खबर छ।