Friday, 06, December, 2019

विधुवा महिला देख्नै नहुने के थियो यिनको रहस्य ?

भारतको अहमदावाद प्रहरीले विधवा महिलाहरूलाई विवाहको प्रलोभन देखाएर लाखौंको ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।ठगले सम्बन्धविच्छेद भएका र विधवा महिलालाई पुनः विवाह गर्ने भन्दै पैसा लिएको प्रहरीले जनाएको छ । पैसा ठग्ने आरोपी ४२ वर्षीय जुलियन सिन्हा हुन् । उनीविरुद्ध मुद्धा दर्ता भएपछि अहमदाबाद पुलिसले उनलाई पक्राउ गरेको छ ।

जुलियनले वैवाहिक साइटमा थुप्रै नक्कली खाता बनाएका थिए । आफूलाई एक सैनिक बताउँथे । यी खातामार्फत जुलियनले सम्बन्धविच्छेद भएका र विधवा महिलालाई निशाना बनाउने गरेको पुलिसले जानकारी दिएको छ ।

कविताको दाबी अनुसार जुलियन कुनै पनि महिलाको सम्पर्कमा आउनुपूर्व उसको आर्थिक पृष्ठभूमीको अनुसन्धान गर्दथे र यसै आधारमा उनीहरुलाई निशाना बनाउँथे ।

कबिताले बताए अनुसार जुलियनले थुप्रै महिलालाई आतंकवादविरुद्ध लड्दा आफू घाइते भएको बताउने गरेका थिए । उनले खुट्टामा घाउको खत देखाउँदै मोबाइलमा भिडियोसमेत पठाएका थिए ।

जुलियनको यस्तो व्यवहारमा कवितालाई शंका लाग्यो र उनले जुलियनलाई विवाह अघि एक पटक उनको आमाबुवालाई भेट्न चाहेको बताइन् ।

पुलिसले अनुसन्धानको क्रममा जुलियनले वैवाहिक साइटमा आफ्ना विभिन्न प्रोफाइल बनाएको र उनले आफ्नो आइपी एड्रेस परिवर्तन गरिरहने पत्ता लगाए ।

गुजरात साइबर सेलका इन्स्पेक्टर जी एस जिदमले भने, ‘हामीले कवितालाई जुलियनसँग कुरा गरिराख्न सल्लाह दियौं । त्यति नै बेला थाहा भयो कि उनले थुप्रै महिलालाई पनि सम्पर्क गर्दथे ।

पुलिसका अनुसार जुलियनलाई सन् २०१६ मा पनि पक्राउ गरिएको थियो । त्यतिबेला उनीमाथि एक व्यवसायी महिलालाई धोका दिएको आरोप लागेको थियो । जुलियनले आफूलाई फौजी बताएर ती महिलासँग तीस लाख रुपैयाँ लिएको पुलिसले दाबी गरेको छ । एजेन्सी