उत्तर कोरियाका नेता किम जोङ उन मर्सिडिज बेन्ज एस ६०० पुलम्यान गार्ड कार ‘लिमोजिन’ चढ्छन् । अमेरिकी बजारमा सो गाडीको मूल्य करिब १७ करोड रुपैयाँ पर्छ । सामान्य भाषामा यसलाई लिमोजिन भनिन्छ ।
किमको लिमोजिनमा ५.५ लिटरको भी १२ इन्जिन छ, जसले ५१७ एचपी पावर दिन्छ । सो लिमोजिन करिब २१ फिट लामो छ । किमका लागि नै यसलाई विशेष प्रकारले डिजाइन गरिएको हो ।
सो गाडी आर्म प्रोटेक्सन छ अर्थात यो हतियारद्वारा सुसज्जित छ । यसमा इन्टिग्रेटेड स्टिल प्रोटेक्सन प्यानल छ । यो एउटा बुलेट प्रुफ कार हो अर्थात बाहिर बम ब्लास्ट भए पनि भित्र बसेको व्यक्तिलाई कुनै क्षति पुग्दैन ।