काठमाडौँ ।न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर यही असोज २३ गतेदेखि असोज ३१ गतेसम्म दशैं मोबाइल मेला आयोजना सञ्चलान गर्ने भएको छ ।
उक्त आयोजना ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा गर्ने ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्न सक्नेछन् ।
यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।