Friday, 06, December, 2019

कानुन उल्लंघन गरेको आरोपमा जापानबाट देश निकालमा पर्नेको संख्या बढ्दो

जापान । जापानको आप्रवासन नियम उलंघन गरि देश निकालामा परेका विदेशीहरुको संख्या १६ दशमलब ५ प्रतिशत बढेको न्याय मन्त्रालयले जनाएको छ ।

२०१८ को जनवरी देखि जुन सम्ममा ७ हजार ८ सय ९२ जना देशनिकाला भएको न्याय मन्त्रालयले जनाएको छ ।

देश निकालामा पर्नेहरु विभिन्न ८२ देशका नागरिकहरु छन् । जापानको आप्रवासन नियम उल्लंघन गरेकाहरु मध्ये सबैभन्दा धेरै चीनका नागरिकहरु रहेका छन् भने त्यसपछि भियतनाम र थाइल्याण्डका नागरिहकरु छन् । देश निकालामा पर्ने चीनियाँहरु २ हजार १ सय १६ जना, भियतनामीहरु २ हजार ३६ जना तथा थाईल्याण्डका नागरिकहरु १ हजार ६२ जना छन् ।

जापान आउने विदेशीहरुको संख्या बढेसंगै जापानमा प्रवेश गरेर गैरकानूनी रुपमा काम गर्नेहरुको संख्या पनि बढिरहेको र त्यसलाई नियन्त्रण गरिने कानून मन्त्रालयका एक अधिकारीले बताए । देश निकालामा परेकाहरु मध्ये ६१ दशमलब ९ प्रतिशत अर्थात ४ हजार ८ सय ४९ जना गैरकानूनी रुपमा काम गरिरहेकाहरु हुन् ।

त्यसैगरि १ हजार ३ सय ६६ जना कृषि क्षेत्रमा, ९ सय ७ जना निर्माण क्षेत्रमा र ८ सय ४९ जना फ्याक्ट्रीमा काम गर्नेहरु छन् ।

देश निकालामा पर्नेमध्येका धेरै टोकियो, इबाराकी र चिवा प्रिफेक्चरको रहेको उल्लेख छ । @ जापानटाइम्स