नेपालगन्ज।बाँकेमा माइक्रो बस र ट्रक ठोक्किदा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।
घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।