Saturday, 19, October, 2019

राजधानीको जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्न खोज्ने २ जनाको मृत्यु

काठमाडौं । काठमाडौँको एक जुवा खालमा प्रहरीले छापा मार्दा छतबाट हाम फालेर भाग्न खोज्ने २ जनाको ज्यान गएको छ। पूर्वी काठमाडौँको मूलपानीमा संचालन भइरहेको अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडौंले छापा मारेको हो।

जुवाको घरबाट भाग्न खोज्ने दुई जनको मृत्यू भएको एसएसपी बसन्तकुमार लामाले जानकारी दिएका छन्। जुवा घरको छतबाट हाम फालेर गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लगिएको र तत्कालै उनीहरुको ज्यान गएको लामाले बताए। यस विषयमा पूर्ण विवरण आउँन भने बाँकी छ।