Tuesday, 28, June, 2022

खराब एसीका कारण भयो यस्तो घटना, प्रहरीको समेत उड्यो होस्

गर्मीबाट छुटकारा पाउनका लागि प्राय घरभित्र तथा गाडिमा एसीको प्रयोग गरिने गरिन्छ। जति यो फाइदाजनक हुने गर्दछ, त्यती नै खतनाक पनि हुने गर्दछ।

यस्तै एक घटना सार्वजनिक भएको छ। जसका कारण एक परिवारका तीन सदस्यले ज्यान गुमाउनु परेको छ। खराब एसीबाट निस्किएको ग्यासका कारण तीन जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेमा एक बच्चा पनि रहेका थिए।

यो घटना उत्तर भारतको तमिलनाडुस्थिर चेनाइको हो। जहाँ बिग्रिएको एसीबाट ग्यास निस्किन थाल्यो । त्यही ग्यासका कारण तीन जनाले ज्यान गुमाउनु पर्यो।
जब बिहान उनीहरुले दुध र तरकारी लिनका लागि ढोका खोलेनन् तब छिमेकीले होसियारका साथ प्रहरीलाई खबर गरे। उक्त सुचना पाउनसाथ घटनास्थल पुगेको प्रहरीले उक्त घरको ढोका खोल्दा तीनै जनाको शव फेला परेको थियो।

प्रहरीको अनुसन्धानबाट यो कुराको पुष्टी भयो की उनीहरुको ज्यान बिग्रिएको एसीबाट निस्किएको ग्यासका कारण भएको थियो। एजेन्सी