आर्थिक समाचार

भि. आई .पीहरुको एक मात्र रोजाइ बन्यो क्वीन्स किचेन

अस्मिता केसी । काठमाडौं,

गत बर्ष पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालद्धारा उद्घाटन गरीएको काठमाण्डौँ अनामनगर स्थित क्वीन्स किचेन रेस्टुरेन्टले एक बर्ष पुग्न नपाउदैँ थुप्रै स्वदेशी तथा विदेशी भि.आई.पीहरुको मन जित्न सफल भएको छ ।

विभिन्न कामको सिलसिलामा नेपाल आउने विदेशी तथा स्वदेशी भि.आई.पीहरु पुर्व प्रधानमन्त्री, मन्त्री, राजनितिज्ञ, व्यापारीहरुको प्रायःक्वीन्स किचेनमा नै लर्को लाग्ने गरेको पाइन्छ । सबै खालका स्वादिस्ट खानाको परिकार पाइने तथा उपयुक्त पारिवारिक वातावरण भएको हुदा सबै खालका ग्राहकहरु पुग्ने गर्दछन् ।


रेस्टुरेन्टमा मिठो, सफा, ताजा र शुद्ध तथा स्वादिस्ट टिपिकल नेपाली परिकारका साथै स्पेशल ट्राउट माछा पनि पाइने संचालक एवंम प्रवन्ध निर्देशक रवी भट्टले जानकारी दिए । यसका साथै सस्तो मुल्यमा पारिवारिक वातावरण, रेस्पेक्टेड हस्पिट्यालिटी, हाइजेनिक फुड, अर्गानिक फुड तथा चाहाना अनुसारको खाना, नास्ताको व्यवस्था रहेको उनले बताए ।


रवि भट्ट,संचालक एवंम प्रवन्ध निर्देशक

व्यावसायका अन्य तरिकाहरु पनि थिए तर रेस्टुरेन्ट नै तपाईको रोजाइ किन? भन्ने प्रश्नमा हसिलो अनुहार बनाउदै संचालक एवंम प्रवन्ध निर्देशक भट्टले भने –“व्यावसाय हो केहीँ नाफाको आस त हामीलाई पनि अवश्य हुन्छ, तर हामी पैसा भन्दा पनि हाम्रो क्वालीटि र ग्राहकको सन्तुष्टीलाई प्राथमिकता दिन्छौ, स्वदेशी उत्पादनको खपत र थोरै भए पनि नेपाली युवाशक्तिलाई स्वरोजगार बनाएर स्वदेशमा नै रमाउन पाउने यो अवसर रेस्टुरेन्टबाटै मिल्छ ।”
यसैगरी उनले भने “खाना बिना कोहि पनि बाच्दैँन र खाना नखाने मानिस नै हुदैन् तर यदी हामीले खाने खाना पौष्टिक भएन भने हाम्रो कार्य क्षमता तथा आत्म शक्तिमा समेत कमि हुने हुदा हामीलाई विस्वास गरेर आउने हाम्रा सबै ग्राहकलाई स्वादिस्ट र सन्तुलित भोजन गराउने नै हाम्रो प्रमुख उद्देश्य र कर्तव्य हो ।”

रेष्टुरेन्ट उद्घाटन गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पनि आफुले अन्य रेष्टुरेन्टको तुलनामा खाना फरक र मिठो स्वादको अनुभव गरेको बताएका थिए ।

बढ्दो महङ्गीलाई चुनौति दिदै बढि गुणस्तरिय तथा स्वादिष्ट खानको साथमा सेवा सुबिधा दिनु नै रेष्टुरेन्टको उद्धेश्य रहेको संचालक एवंम प्रवन्ध निर्देशक भट्टले बताए ।

उनका अनुसार क्वीन्स किचेन देशका अन्य शहरमा पनि बिस्तार गर्ने लक्ष्य रहेको छ । पार्किङको राम्रो सुविधा भएको क्वीन्स किचेन राजधानीको अनामनगर स्थीत हनुमानथान मन्दिरको पुर्व पट्टी सबैतिरबाट सेन्टरमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *