प्रमुख समाचार

पहिरोले घर पुर्दा २ को मृत्यु, ४ बेपत्ता

रोल्पा । अबिरल बर्षाका कारण गएराति आएको पहिरोमा परी थबाङ गाउँपालिका २ छेर्लाबाङमा ६ जना पुरिएका छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले २ जनाको शव निका लिएको र अन्यको खोजी भइरहेको बताए ।

प्रहरीका अनुसार स्थानियको सहयोगमा अहिले सम्म २८ वर्षीया सिरकुमारी झाक्री बुढा र उनको ४ वर्षीय छोरा असल बुढाको शव निकालिएको छ । राति १२ बजे तिर गएको उक्त पहिरोमा परी सोही घरमा सुतेका स्थानीय जयबहादुर बुढाको परिवार समेत परेको स्थानीयले बताएका छन ।

मिरुल, कुरेली र थबाङबाट गएको प्रहरी र स्थानीयहरुले पहिरोले पुरेको घरमा खोजी गरिरहेको प्रहरीले बताएको छ ।

थबाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीका अनुसार आफ्नो घर असुरक्षि भएपछि जयबहादुरको परिवार उक्त घरमा सुत्न आएको थियो । सहिद मार्ग सडक आयोजनाले खनेको सडकसमेत पहिरोले पुरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *