विश्व

कश्मीरमा गोली हानाहानमा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

विवादित क्षेत्र कश्मीरमा गोली हानाहान हुँदा ३ पाकिस्तानी र ५ भारतीय सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटर मार्फत यसको पुष्टि गरेका छन् । उनले टवीट लेखेका छन्, ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’

पाकिस्तानी सेनाको उक्त भनाइलाई खण्डन गर्दै भारतीय सेनाले भने आफ्नो ५ जना सैनिक मारिएको कुरा ठाडै अस्वीकार गरेको छ ।

भारतीय सेनाले प्रतिस्पर्धा गरेको सीमामा गोली हानाहान भएको स्थानलाई पाकिस्तानी सेनाका प्रमुख गफूरले नियन्त्रण रेखा एलओसी भनेर ट्वीटरमा पोस्ट गरेका थिए ।

आन्तरिक रूपमा गोली हानाहानको क्रम जारी रहेको पाकिस्तानी सेना प्रमुख गफूरले ट्वीटमा लेखेका छन् ।