समाचार

नेपालमा ८ जना भारतीयको नागरिकता रद्ध, भारतमा हलचल

नेपालमा झुठा विवरण पेश गरी नेपाली नागरिकता लिने भारतीय नागरिकहरुको धमाधम नेपाल सरकारले नागरिकता खारेज गरिरहेको छ ।

भर्खरै मात्र सरकारले नेपाली नागरिकता लिएका ८ जना भारतीयको नागरिकता रद्ध गरेको छ । यता नेपाल सरकारले भारतीयको नागरिकता रद्ध गर्दा भारतमा भने हलचल नै मच्चिएको छ ।

पछिल्लो समय नेपाल सरकारले भारतीयहरुको नागरिकता रद्ध गरेको भन्दै विभिन्न भारतीय मिडियाहरुले प्राथामिकताका साथ समाचार प्रकासन गरिरहेको छ । टाईम्स अफ इन्डिया , इण्डिया टुडे र द विक इन लगायतका सञ्चारमाध्यमहरुले यसबारेमा समाचार प्रकासन गरेका छन् । भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले बनाएको समाचार अधिकांश अन्य मिडियाहरुले पनि सम्प्रेशण गरेका हुन् । सो समाचार एजेन्सीले नागरिकता रद्ध गरिएको बिषयमा नेपालको राष्ट्रिय जनता पार्टी राजपाका नेताको समेत धारणा लिएको छ । राजपाका नेता राकेश मिश्रले सरकारले नागरिकता रद्ध गर्दा गम्भीर भएर छानबिन गर्नु पर्ने बताएका छन् ।