प्रमुख समाचार

प्रधानमन्त्री साउन १८ गते सिंगापुर जाँदै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली नियमित परीक्षणका लागि साउन १८ गते सिंगापुर जाने तय भएको हो ।

पार्टी सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमणबारे जानकारी गराइएको थियो । सिंगापुरमा प्रधानमन्त्री ओलीले पुरानै अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको थियो ।