स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक रेडियोथेरापी लिनायक सेवा सुरु

भक्तपुर ।  भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक रेडियोथेरापी लिनायक मेसिन सञ्चालनमा आएको छ ।

क्यान्सर बिरामीको उपचारका लागि श्रावण महिनाको शुभ साइत जुराइ विधिशास्त्र अनुसार पुजापाठ गरेर उपकरण संचालनमा ल्याइएको भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले बताए । उपचारका लागि अस्पताल आएका बिरामीले यो सेवा लिन अब अन्यन्त्र जान नपर्ने बताए । उनले भने —‘क्यान्सर रोगको सम्पुर्ण सेवा अब एउटै छातामुनि यस भक्तपुर क्यान्सर अस्पतालबाट उपलब्ध हुने छ ।’

स्वास्थ्य मन्त्रालयले गतवर्ष र यसवर्ष पनि स्वास्थ्य करकोषको बजेट रकम अस्पताललाई नदिई फ्रिज गरी असहयोग गरेकोमा आफुलाई दुख लागेको गुनासो पनि उनले गरे । अब लिनायक सुचारू भएबाट राज्यको विदेशिने रकम जोगीने र गरीब असाहाय बीमारीले न्यूनतम शुल्कमा शुलभ उपचार पाउने अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष कृष्ण प्रसाद ताम्राकार, समिति सदस्य बिमल कुमार होडा, भक्तपुर क्यान्सर अस्पताल आउटपीच लाहान क्यान्सर केयर सेन्टरका अध्यक्ष अशोक अमात्य,रेडीयो थेरापी बिभागका कार्यवाहक प्रमुख डा.उज्जवल चालिसे लगायत अस्पतालका स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो ।