मनोरन्जन/साहित्य

फरक अभिव्यक्तिमा लघुकथा वाचन

ललितपुर । सः छगू फरक अभिव्यक्तिको आठौं श्रृंखलामा तीन जना स्रष्टा भूषणप्रसाद श्रेष्ठ, धु्रव मधिकर्मी र पुष्कर माथेमाले समसामयिक जीवनबोधका पन्ध्र वटा लघुकथा वाचन गरे । वाचित लघुकथाहरु समसामयिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने राजनीतिक घटनावलीका विसंगति, आर्थिक दुरावस्थाबाट पीडित आममानिसको दुःख, पुराण र नीतिकथाको आधुनिक सन्दर्भ जस्ता विविध पक्षमाथि लेखिएका थिए ।

कार्यक्रममा समीक्षक अनुसुया मानन्धरले लघुकथाले आजको परिस्थितिलाई विविध कोणबाट सफलतापूर्वक प्रस्तुत गरेको छ भन्दै थोरै शब्दमा लेखिने भएकाले पाठकश्रोता स्वयम्ले लघुहकथाबाट धेरै थोक बुझ्ने क्षमता राख्नुपर्ने बताइन् ।

श्रृंखलाका संयोजक सुधीर ख्वबिले श्रष्टात्रयलाई श्रृंखलाको लोगो अंकित उपहार प्रधान गर्दै नेपालभाषा साहित्यको क्षेत्रमा लघुकथालाई स्तरीय र व्यापक बनाउने उद्धेश्यले कार्यक्रम संचालन गरिएको बताए ।