प्रमुख समाचार

भारतको दादागिरी : सप्तकोशीको तीस ढोका बन्द गरायो

सुनसरी । सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव भइरहँदा पनि कोशी ब्यारेजका ढोकाहरु बन्द गरिएको छ ।

आइतबार बिहान लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ५६ वटै ढोका खोलिएकामा त्यसपछि भने भारतको बिहार डुबानमा परेको भन्दै ३० वटा ढोका बन्द गरिएको छ ।

यसले गर्दा नेपालतर्फ डुबान बढ्दै गएको छ । यसअघि ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्दै जाँदा आइतबार बिहान सबै ढोका खोलिएको बताएका थिए ।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा बिहान दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको थियो । शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो ।

यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो ।

बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाए पनि भारतीय सरकारको दबाबमा ३० ढोका बन्द गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *