प्रमुख समाचार

बाढी र पहिराको कारण देशभरको जनजीवन प्रभावित २१ जनाको मृत्यु, ८  बेपत्ता, ६ हजार विस्थापित

काठमाडौ । बिहीवारदेखिको अविरल वर्षाका कारण देशभरमा मृत्यु हुनेको संख्या २१ पुगेको छ भने  ८ जना बेपत्ता भएका छन् र ६ हजार बिस्तापित भएका छन् ।

काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा दुईदुई, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक गरेर २१ जनाको मृत्यु भएको हो। रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा एकएकजना गरी आठजना बेपत्ता भएका छन्। अविरल वर्षाले जनजीवन प्रभावित भएको छ।

 

विभिन्न जिल्लामा गरी ६ हजार भन्दा बढी विस्थापित भएका छन्।  प्रदेश १, २ र ३ मा मानवीय र भौतिक क्षति बढी भएको छ। कतिपय ठाउँमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *