मनोरन्जन/साहित्य

चर्चित यूवा गजलकार पुरु लम्साल र जनक पौडेलले गजल वाचन गर्दै

थानेश्वर गाैतमकाे अावाज रहेकाे बिर्सिएर श्रृङ्गारमा गाजल लगाइनछ्याै र शिव परियारकाे अावाज रहेकाे गजल अलिकति नजर तिम्राे झुकाएर अाउ दुवै नेपाली साङ्गीतिक गजल क्षेत्रका चर्चित गजलहरू हुन । त्यहि दुबै गजलका गजलकारहरूलाई एउटै थलाेमा सुन्न पाइने भएकाे छ ।

यूवा गजलकार पुरु लम्साल र जनक पौडेलले यहि असार ३१ गते मंगलबार दिउँसो ३ः३० बजे राष्ट्रिय नाचघर जमल,काठमाडौंमा यी दुइ गजलकारले आफ्नो गजल वाचन गर्न भएका छन्
गजलका पारखीहरुको लागि सांस्कृतिक संस्थान र अनाममण्डलीले मासिक रुपमा आयोजना गर्ने कार्यक्रममा यसपाली लम्साल र पौडेलले गजल बाचन गर्न लागेका हुन् । दुबैजनाले ८/८ वटा गजल वाचन गर्नेछन् । शिव परियारले गाएकाे जनक पौडेलको गजल अलिकति नजर तिम्राे झुकाएर अाउ बादल जस्ताे कालाे केश फुकाएर अाऊ चर्चित गजल हाे भने गायक थानेश्वर गाैतमले गाएकाे गजल बिर्सिएर श्रृङ्गारमा गाजल लगाइनछ्याै हत्तेरीका हतारमा गाजल लगाइनछ्याै गजल पुरू लम्सालले लेखेका हुन ।
जनक पौडेलको एउटा कथा नामक गजल सङ्ग्रह बजारमा आएको छ भने उनी गजल लेखन सँगसँगै पत्रकारितामा कृयाशिल छन् । पुरु लम्साल पनि गजल लेखनसँगै नाटक लेखन र निर्देशनमा पनि सकृय छन् ।अाधा जलेकाे खप्पर नामक गजलसङ्ग्रह २०६८ सालमा छापिएकाे थियो जुन निक्कै चर्चित थियो ।

One Reply to “चर्चित यूवा गजलकार पुरु लम्साल र जनक पौडेलले गजल वाचन गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *