स्वास्थ्य

अर्बुद रोग निवारण केन्द्रले गर्‍यो नि:शुल्क क्यान्सररोग परिक्षण

समय मै उपचार गरे क्यान्सर निको हुनसक्छ, अमुल्य जिबन लाई धुवामा नउडाऔ भन्ने नारालाई आत्मासाथ गर्दै नेपाल अर्बुद रोग निवारण संस्थाले आज काठमाडौं महानगरपालिक वार्ड न, २८ स्वास्थ क्लिनिकको सहयोगमा बागबजारमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोगको परिक्षण,गरिएको छ ।                                                                          महिलाहरूको पाठेघरको प्याप स्मेर परिक्षणको आयोजना कार्यक्रममा वडा २८ का वडा अध्यक्ष भाइराम खड्कीले भक्तपुर क्यान्सर अस्पताल का क्यान्सर विशेषज्ञ डाक्टर सृष्टि प्रजापति श्रेष्ठलाइ उपकरण हस्तान्तरण गरि कार्यक्रम को शुभारम्भ गरिएको थियो । करिब ३१५ जना महिलाहरुको पाठेघरको मुख को प्यापस्मेर संकलन गरिएको संस्थाले जानकारी दियो । उक्त संकलन गरिएको स्मेरलाइ भक्तपुर क्यान्सर अस्पतालमा जाँच गरि क्यान्सरको लक्षण देखिएकाहरुलाइ उपचार तथा आवश्यक परामर्श प्रदान गरिने भक्तपुर क्यान्सर अस्पताल ब्यबस्थापन समितिका कार्यबाहक कोशाध्यक्ष विमल कुमार होडाले जानकारी दिए ।                                                                        उनले भक्तपुर क्यान्सर अस्पताल बिहान ९ बजे देखी बेलुका ४.३० बजे सम्म खुल्ने र उक्त समय भित्र अस्पताल मा क्यान्सर रोग विशेषज्ञहरूसंग जाँच गराउन, परामर्श लिन र सुबिधा लिनको लागी आवहान समेत गरे । संस्थाका उपाध्यक्ष महेश श्रेष्ठले हरेक शनिबार उपत्यकाको भित्री भाग संगै उपत्याका बिभिन्न भाग जनमानस मा कार्यक्रम को आयोजना गरि निरन्तरता दिदै आइ रहेको बताउनुभयो ।                                                                    अर्का उपाध्यक्ष कृष्ण बस्नेत केन्द्रीय सरकारबाट केही पनि सहयोग नभएको र गए साल पनि स्वास्थ्यकर कोषको रकम फ्रिज गरेकोले यसपालि पनि स्वास्थ्य करकोषको पैसा संस्था लाई उपलब्ध नगरी आफ्नै कार्यकर्ता र आसे पासेलाई मात्र वितरण गर्ने होकि भन्दै खबरदारी गर्नु भयो । उक्त शिबिर कार्यलय प्रमुख शुरेस सापकोटा भक्तपुर क्यान्सर अस्पतालका ओटी ईन्चार्ज रीता श्रेष्ठलगाएत नर्स, प्राबिधिक टोलीको सहयोगमा संम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *