प्रमुख समाचार

आईफा अवार्ड नेपालमा नगर्ने सरकारको निर्णय

काठमाडौं । भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड ९आईफा० नेपालमा नहुने पुष्टि गरे । ‘यो वर्ष नहुने नै भयो, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनस् आयोजनाको सम्भावना रहन्छ’ उनले भने ।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।

त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।

मंगलबार मात्र संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड तत्काल रोक्न निर्देशन दिएको थियो । अवार्ड गर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने ठहर गरेपछि सरकार अप्ठ्यारोमा परेको मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *