समाचार

काँग्रेस कार्यकर्ताले चन्दा माग्दा ललितपुरमा विकास निर्माणको काम ठप्प

ललितपुर । ललितपुरको गोदावरी नगरपालीका वडा नं ३ थापाचौर हुदै बडिखेल जाने बाटो निर्माण हुदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरुले बाटो निर्माणको काम रोकिदिएका छन् ।
वडाको बजेटले शुरु गरिएको बाटो निर्माणको काममा उनिहरुले विभिन्न बहाना गर्दै काम रोकेको  स्थानियले गुनासो गरे । यो जिर्ण अवस्थामा रहेको बाटो मर्मत संम्भार हुँदा संयौ घरधुरि लाभान्वित हुने स्थानिय प्रमोद रोक्काले बताए ।नेपाली कांग्रेसका कार्यकता रमेश सिल्वाललगाएत २०,२५ जनाको समुह आइ बाटो निर्माण गर्ने टीममाथि नै हातपात गरेको.प्रत्यक्षदर्शीले बताए । पिता पुर्खा देखि हिड्दै गरेको सो बाटो आज जनताको चाहाना अनुरुप सुबिधाको लागि निर्माण हुँदै गर्दा बन्द गर्ने उद्देश्यले पटक पटक अवरोध गर्न आउनु दुखद कुरा रहेको बाटो निर्माण उपभोक्ता समितीका सदस्य हरिबिर सिल्वाल बताउछन् । बिकासको कार्यमा सबै एक भै अगाडि जान जरुरी रहेको अवस्थामा विकासका बाधक केहि व्यक्तिहरु अवरोध सिर्जना गर्न लागिपरेका छन् । बाटो निर्माण बाटो निर्माण उपभोक्ता समितीका अर्का सदस्य जगन्नाथ थापा भन्छन्, – “यस प्रकारको गतिविधि रोक्न सबै स्थानिय एक जुट हुनैपर्छ।”

असार १४ गते शनिवार बिहानै बाटो खन्ने र तार जाली लगाउने काम भइरहेको अवस्थामा दुवै समुहबिच विवाद हुदाँ हात हालाहालको स्थिती आएकाले विवाद चर्किएपछि प्रहरी पुगि स्थिती साम्य पारेको थियो । प्रहरी चौकी बाणेगाउँमा बाटो निर्माण गर्न दिनेबारे दुवै पक्षबिच सम्झौता भएको बाँणेगाउ प्रहरी प्रभागका प्रमुख श्याम कट्ट्वालले बताए । उनका अनुसार दुवै पक्षबिच कुराकानी मिलिसकेको र विकास निर्माण कार्य कसैले पनि नरोक्ने सहमतिपछि फर्किएका छन् ।

त्यतिमात्र नभइ बाटो निर्माण कार्य भइरहदा नेपाली काँग्रेसका कार्यकर्ता असोक सिल्वालले चन्दा मागेको र आफुहरुले दिन सक्दैनौ भनेपछि उनिहरु समूहगत रुपमा आएर बाटो निर्माण समितिमाथी हातपात गर्न आएको बाटो निर्माण उपभोक्ता समितीका अध्यक्ष सुभास सिल्वालले बताए ।

विवाद साम्य भएपनि अवरोध सिर्जना हुने त्रासमा कामदारले काम गर्न डराइरहेकोले हाल बाटो निर्माण कार्य ठप्प भएको उपभोक्ता समितिले बताएको छ । छिटोभन्दा छिटो बाटो निर्माण कार्य अघि बढाउनको लागि सहयोग गर्न स्थानिय सरकारमार्फत् समितिले माग गरेको छ ।

जनताको काम गर्दै गर्दा जो कसैलाई पनि बदनाम गराउने, गिराउने अनि पुर्बाग्रह राख्ने अनि आफू भोलीका दिनमा वडा अध्यक्ष हुने योजनामा नेपाली कांग्रेसका कार्यकर्ता रमेस सिल्वालको योजना भएको नायक, समाजसेवी, स्थानिय राज घिमिरे बताउछन् । बाटोको काम भइरहेको ठाउँमा आफुले झगडा छुट्टाउदै गर्दा झगडा गरेको भनी भ्रम फैलाइ चरित्र हत्या गर्न खोजेको दुखेसो पोखे । घिमिरेले बिकासका अभियानमा साथ दिन पनि सबैलाई एक भइ लाग्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *