प्रवास

एनआरएनएको SCC MEMBER( NSW) मा उम्मेदवारी दिदै प्रखर यूवा पुकार पोखरेल

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नयाँ नेतृत्वका लागि जुलाई ६ तारिख अर्थात् शनिबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा SCC MEMBER( NSW) का लागि सिड्नी निवासी पुकार पोखरेलले उम्मेदवाारी दिएका छन् । विगत ११ वर्ष देखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका पोखरेल यूवा समाजसेवीका रुपमा सबैका प्रिय छन् ।

मोरङ जिल्ला, विराटनगर महामनगरपालीका ६, चाँदनी चोकमा जन्मिएका पोखरेल एक सफल ब्यबसायी तथा सामाजिक अभियन्ता रुपमा परिचित छन् । एनआरएनएलाई सबै गैर आबासीय नेपालीहरुको साझा संन्जालको रुपमा बिकाश गराउनुपर्ने, सहज समाज निर्माणका लागि राजनितीक भन्दा सामाजिक अभियान नै प्रभाबकारी हुने भएकाले आफुलाई एनआरएनएको SCC MEMBER( NSW) मा मतदान गर्न सबैलाई आग्रह गर्दछन् ।उनले विनाशकारी भुकम्पका बेला आफ्नो व्यक्तिगत तथा संस्थागत दुबै तर्फबाट भुकम्प पीडित नेपालीहरुलाई राहत बितरणमा सहयोग गरेका थिए । सबल, सक्षम र समाबेशी एनआरएनए निर्माणको लागि सहमती, सहकार्य र एकताको आबश्यकता मान्यता राख्ने पोखरेलले आफु नेतृत्वमा पुगेको खन्डमा सबैलाई समेटेर अघि बढ्ने बताए ।

उनलाई उनको योग्यता र क्षमताको कदर स्वरुप सबैले साथ र सहयोग गर्नुपर्ने सिड्नीका सामाजिक अभियन्ता जीवन रायमाझी बताउछन् । उनले असल नेतृत्वकला भएका पुकार पोखेल समाजसेवामा दत्तचित्त भएर लाग्दै आएकाले उनको नेतृत्वले स्थान पाएमा नेपाल र नेपालीको शिर उचो रहनेमा विश्वस्त रहेको रायमाझीले बताए ।

अस्ट्रेलियामा आप्रवासीहरुलाइ स्थायी बसोबासको लागि भिसा मिलाइदिन्छु भनि केही ठगहरुबाट ठगिएर समस्यामा पर्ने भएकाले ति ठगहरुबाट बचाउन निरन्तर परामर्श दिइरेका छन् । आजसम्म धेरैलाइ कानुनी सहायता गरेर ठगहरुबाट मुक्त समेत गराइसकेका छन् । गैरआवासीय नेपाली अभियन्ता रहेका उनी आफूलाई गैरआवासीय नेपाली नेता बताउने केहीले समेत सर्बसाधारण नेपाली विद्यार्थी तथा बसाइसराइ गर्न इच्छुकलाई ठगेको देख्दा निकै चिन्ता लाग्ने बताउँछन् । धेरै पिडित नेपालीहरुलाइ उनले सहयोग समेत गरिसकेका छन् । नेपाली विद्यार्थीहरूको भोगाइ तथा विद्यमान समस्याहरूलाई केलाएर उनले निरन्तर सुझाव र परामर्श दिदै आएका छन् ।

तसर्थ उनि भन्छन् – “यसपालिको चुनाबमा मैले एनआरएनएको SCC MEMBER( NSW)  लागि आफ्नो उमेदवारि दिएको छु । सदा झै तपांइको माया र साथ पाउने कुरामा म विश्वस्त छु । तपांइको १ भोट मेरो लागि अमुल्य रहनेछ । तपाईको अमुल्य मत तथा सहयोगको अपेक्षा गरेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *