समाचार

पाँच भारतीयको नेपाली नागरिकता खारेज

काठमाडौं, नेपाली नागरिकता लिएका पाँच भारतीय नागरिकविरुद्ध सरकारले मुद्दा चलाउने भएको छ। उनीहरूको नागरिकता अब खोसिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उनीहरूलाई कानुनी कारबाही चलाइने बताए।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतीय नागरिक जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, जमुना राउत भनिने यमुना सिंह र कृपाली राउत भनिने कृपाली सिंहको नागरिकता रद्द गरिनेछ। सिंहले सप्तरी जिल्ला प्रशासन कार्यालय, धर्मेन्द्र र अजयले धनुषा अनि यमुना र कृपालीले रौतहटबाट नागरिकता लिएका थिए। ‘भारतीय नागरिकका नाममा जारी नेपाली नागरिकता रद्द गर्ने निर्णय भएको छ’, मन्त्री बाँस्कोटाले भने, ‘ती कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही गर्ने निर्णय गरिएको छ।’

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले गैरकानुनी रूपमा विदेशीले नागरिकता लिए नागरिकता ऐन २०६३ अनुरुप कारबाहीको भागिदार हुनुपर्ने बताए। उनका अनुसार उक्त ऐनको दफा २१ अनुसार एकदेखि पाँच वर्षसम्म कैद, ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। झुटो विवरणका आधारमा नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। यस्तै, ऐनअनुसार कसैले झुटा र किर्ते प्रमाणपत्र खडा गरे वा बनाई प्रचलनमा ल्याए त्यस्तो कार्य गर्नेरगराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *