विचार

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौ, सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।
हाल कायम भाडामा १२ प्रतिशतले बृद्धि गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतलाई आधार बनाएर भनयाँ भाडादर कायम भएको जनाएको छ ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल समेत गरेको थियो । उक्त छलफलपछि भाडा बृद्धि गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवत्ता तीर्थराज खनालले जानकारी दिए ।

बिहिबार यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय गरि गरिएको विभागले जनाएको छ । लामो समयदेखि यायायात व्यवसायीले भाडादर समायोजन गर्ने माग गर्दै आएका थिए । सोही अनुसार भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *