समाचार

दुई पेस्तोल र गोलीसहित विराटनगरबाट भारतीय पक्राउ

विराटनगर । दुई पेस्तोल र आठ राउण्ड गोलीसहित प्रहरीले विराटनगर महानगरपालिका(९ बाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई सोमबार राति ८ ः ३० बजे पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका सिंह अर्का साथीसँगै सोमबार दिउँसो १ बजे विराटनगरकै एउटा गेस्ट हाउसमा आएर बसेका थिए। कोठा बुक गरेर बसेका दुईजनाको साथमा हतियार छ भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बेदप्रसाद गौतमको नेत्रृत्वमा टोली परिचालन गरिएको थियो।

गौतम नेत्रृत्वकै टोलीले हतियारसहित बसेको गेस्ट हाउसको कोठामा छापा मारेर सिंहलाई पक्राउ गरेको हो। उनीसँगै रहेका अर्का व्यक्ति भने छापा मार्दा गेस्ट हाउसमा नभेटिएको र अहिलेसम्म फेला पार्न नसकिएपछि खोजी तीव्र पारिएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए।

गेस्ट हाउसमा नभेटिएका अर्का व्यक्ति भारतीय नै भएको बताइए पनि प्रहरीले परिचय गोप्य राखेको छ। प्रहरीले गेस्ट हाउसको नाम पनि खुलाएको छैन। प्रहरीले पेस्तोलसहित नेपाल छिरेका भारतीय हतियार कारोबारी भएको हुन सक्ने आशंका गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *