pritam acharya
समाचार

मलाई जिताउँन तपाईहरुको साथ चाहिएको छ, सेयर गरिदिनु होला

भारत चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । भारतीय भूमिमा गएर नेपालका दुई प्रतिभा प्रितम र आयुषले आफ्नो धमाकेदार प्रश्तुति दिएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन । नेपालीहरुको मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो । प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए ।

प्रिमतले भने मलाई जित्नको लागी तपाईहरुको साथ चाहिएको छ सहयोग गरिदिनु पर्यो । प्रितमले एक पछि अर्को धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् । अबको केहि समयमा प्रश्तुति संगसंगै भोट पनि हुनेछ भने जित्नको लागि प्रितमको लागि धेरै भन्दा धेरै भोटको आवश्यक पर्न सक्छ । सारेगमपको टाईटल जित्न सफल भएमा प्रितम या आयुश दोश्रो उदित नारायण हुने अग्रजहरुले बताएका छन ।

सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरू टप ११ मा पर्न सफल भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *