स्वास्थ्य

काठमाडौं न्युरो तथा जनरल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर, ४ सय लाभान्वित

उमेश खत्री,
काठमाडौँ : काठमाडौं सुन्धारामा सञ्चालन रहेको काठमाडौं न्युरो तथा जनरल अस्पतालले लम्जुङ्गमा रहेको गोर्खा सामुदायिक अस्पतालमा शनिबार निःशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेको छ ।उक्त शिविरमा नशा तथा स्नायु रोग विशेषज्ञ सेवा र प्रशूती तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा दिएको त्यस अस्पतालका न्यूरो सर्जन अनिशमान सिंहले जानकारी दिए ।

काठमाडौं भ्याली अस्पतालले निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट स्वास्थ्य सेवा पाउन नसकेका आम नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले विभिन्न ठाउँहरुमा स्वास्थ्य परामर्श प्रदान गर्दै कसरी स्वस्थ हुने भन्ने जनचेतना पनि फैलाउदैँ आएको छ । उक्त शिविरमा करिव ४०० सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । शिविरमा आएका धेरै विरामीहरुले आफुहरुले आफ्नै घरदैलोमा नेपालमा नाम चलेका चिकित्सकहरुद्वारा जाँच गराउन पाएकोमा अत्यन्तै खुसी महसुस भएको प्रतिक्रिया दिएका छन् । शिविरको माध्यमबाट स्वास्थ्य क्षेत्रको पहुँच बाहिर रहेका जनताहरुको सेवा गर्न जहिले पनि अस्पताल तत्पर रहेको अस्पतालका चिफ एक्जुकेटिभ अफिसर श्याम कुमार श्रेष्ठले बताए ।

उक्त शिविरमा विरामीहरुलाई निःशुल्क औषधि वितरण, प्याथोलोजी सेवा, X-Ray, EEG र ECG जस्ता सेवाहरु पनि प्रदान गरिएको थियो । साथै उक्त स्वास्थ्य शिविरमा काठमाडौं न्युरो तथा जनरल अस्पतालको तर्फबाट न्युरो सर्जन डा. अनिशमान सिंह,डा. सुनिल भण्डारी र डा. रिना बस्नेत , स्टाफ नर्सहरु स्मृति खत्री र कविता बोहोराले सेवा प्रदान गरेका थिए ।

फोटो फिचर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *