प्रमुख समाचार

स्वदेश फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

ओली बिहीबार बिहान मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

त्यस अवसर प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु अघि शुक्रबार विहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गरेका थिए । भेटवार्तामा दुवै मुलुकका प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई अझैँ सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

दोस्रो कार्यकालको लागि मोदीलाई रुद्राक्षको माला दिँदै प्रधानमन्त्री ओलीले बधाई समेत दिएका थिए । मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *