प्रमुख समाचार

सुकेधारा र घट्टेकुलोमा बिस्फोट, तीन जनाको मृत्यु


राजधानीको सुकेधारा र घट्टेकुलोमा आइतबार दिउसो सिलिण्डर बम विष्फोट हुदा ३ जनाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार सुकेधाराको ढलाने पुलछेउको सैलुनमा अन्दाजी साढे चार बजेतिर सिलिण्डर बम बिस्फोट हुदा २ जनाको मृत्यु भएको हो भने घटनामा परी पाँच जना घाइते भएका छन् । यसैगरि, घट्टेकुलोमा पनि आइतबार दिउसो बिस्फोट भएको छ । प्रहरीले घट्टेकुलाका प्रज्वल शाहीको घरभित्र सिलिण्डर बिस्फोट भएको र १ जनाको मृत्यु भएको जनाएको छ । घरमा बिस्फोट हुँदा पाहुना आएका एक जनाको मृत्यु भएको र कोठा भाडामा बस्ने एक जना घाइते भएको जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाकी रहेको छ ।