समाचार स्वास्थ्य

किशोरी र महिलाले लिए सेनेटरी प्याड बनाउने तालीम

काठमाडौं । काठमाडौंमा विभिन्न स्थानमा महिनावारी स्वच्छता व्यवस्थापन तथा कपडाको प्याड बनाउने तालिम सम्पन्न भएको छ । विभिन्न डिजाइनका कपडाको प्याड महिला आफैले तयार गरि त्यसलाई धोएर पुन प्रयोग गर्न मिल्ने र लगाउदा सहज हुने प्रकारको स्यानिटरी प्याड बनाउन तालिम दिइएको सामाजिक अभियन्ता एवं साझा विवेकशील पार्टीकी काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठले बताइन् । स्थानीय स्तरमा खरिद गरि प्रयोग गर्न सक्ने सामग्रीहरु वडास्तरमा स्थानीय स्वयंसेवी प्रशिक्षकबाट तालिम दिइएको संयोजक श्रेष्ठको भनाइ छ ।

तालीममा ९४ जना महिला तथा किशोरी सहभागी थिए । तालिममा महिनावारी हुँदा गर्व गर्ने, महिनावारी हुँदाको समयमा गरिने विभेदलाई हटाउँदै खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, आत्म सम्मानपूर्वक बाँच्न पाउने जस्ता मानव अधिकार प्राप्त गर्न अग्रसर गराउन र महिनावारी हुँदाको समयमा आवश्यक सरसफाइ, आराम र खानपान तथा कठिनाई व्यवस्थापनका विषयमा समेत छलफल गरिएको थियो ।

किशोरी तथा महिलाको स्वास्थ सबैको दायित्व भन्ने नाराका सुरु गरिएको अभियान अन्र्तगत पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउन सिकाइएको हो । तालिमबाट कपडाको प्याड बनाउने सीप आर्जन गर्न पाएकोमा खुसी भएको महिला र किशोरीहरुले बताएका छन् ।

लामो समयदेखि सचेतनामुल अभियान सञ्चालन गर्दै आउनुभएकी अभियन्ता अनुपा श्रेष्ठले काठमाडौं उपत्यकाको विभिन्न नगरपालिका, महानगर र रसुवामा गर ११ वटा स्कुल र कलेजका विद्यार्थींसंग अन्तरक्रिया गरि उनिहरुको समस्या बुझेर निशुल्क सेनेटरी प्याड समेत वितरण गरिएकोे बताइन् ।

संयोजक श्रेष्ठ भन्छिन् –“हरेक पटक सरकारी स्कुलका छात्राहरु सँग रजस्वलाको बिषयमा अन्तरकृया गर्दा कसै न कसैले मैले खाजा खाने पैसा बचाएर स्यानिटरी प्याड किन्ने गर्छु भन्छन् । मैले गरेकोे अभियानका दौरान यो कुरा सुन्दा नरमाइलो लाग्यो, अझै पनि बालिका र महिलाको स्वास्थ र आवश्यकता धेरै नेताहरुलाई प्राथमिकतामको बिषय नै होइन भन्ने लाग्दो रहेछ । अब उनिहरुले खाजा खर्च कटौती नगरी प्याड सहजै तयार पार्न सक्छन्।, यो अभियानमा मलाइ महिला दिदीबहिनीको साथ र सहयोग मिलेको छ । उहाहरुप्रति आभार छ ।” संयोजक श्रेष्ठ भन्छिन् –“महिलासंग सम्बन्धित स्वास्थ, शिक्षा या आर्थिक सशक्तिकरण हामी सबैको सरोकारको बिषय हो ।