मनोरन्जन/साहित्य

‘कान्स फिल्म फेस्टिभल’मा नेपाल पनि, गरिन् कार्कीले चोपडाको कपि

विश्वका ठूला फिल्म फेस्टिभलमध्येको एक ‘कान्स फिल्म फेस्टिभल’ मा पहिलो पटक नेपालको प्रतिनिधित्व भएको छ । नेपाली नायिका प्रियंका कार्की फ्रान्समा आयोजित यो फेटिभलमा सहभागी भएकी छन् ।

२० मे सोमबार उनी गोल्डेन गाउनमा सजिएर भिल्ला अक्सिजनमा भएको कक्टेल पार्टीमा सहभागी भएकी थिइन् । उनी नर्वेजियन फिल्म फेस्टिभल, बुक लन्च, माइकल ज्याक्सनलाई दिइने ट्रिब्युट र गाला डिनर गरी उनी चारवटा कार्यक्रममा सहभागी भएकी छन् ।