समाचार स्वास्थ्य

सडक दुर्घटनामा परी घाईते भएका आशिषलाई आर्थिक सहयोग

ललितपुर । गोदावरी नगरपालिका – ३ टौखेलका आशिष थापा मगर केहीसमयअगाडि सडक दुर्घटनामा परेका थिए । बाडेगाउ ,ग्लोबल हस्पिटल नजिक सडक दुर्घटनामा परि मेरुदण्ड भाँचिएका थापाको उपचारमा आर्थिक संकट परेपछि गोदावरीका स्थानीय वासि, युवा नेता एवं नायक राज घिमिरेले सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोग संकलन अभियान चलाएका थिए । घाइते थापाको उपचारका लागि आफुसंगै सहयोगि मनहरु खोजिरहेका घिमिरेले सहयोगी दाताहरुबाट प्राप्त अर्थिक सहयोग घाइते थापालाई हस्तान्तरण गरेका छन् ।

यूवा नेता एवं समाजसेवी घिमिरेसंगै स्थानिय सन्तोष तामाङ लगायत सक्रिय सामाजिक अभियन्ताहरुले सामाजिक सन्जाल मार्फत सबैलाई आर्थिक सहयोगको अपिल गरेपछि उठेको नगद रु.७१ हजार अभियन्ताहरुले सामुहिक रुपमा प्रदान गरेका छन् ।

यसबाट आशिष भाईको उपचारको लागि केहि राहात मिलेको समाजसेवी घिमिरे बताउछन् । उनि भन्छन् – “सहयोग नै ठूलो धर्म हो, सबैले यस्तो कार्यमा हातेमालो गरौं ।”