प्रमुख समाचार

काठमाण्डौको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार

काठमाण्डौ – काठमाण्डौको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

दोलखा घर भएकी २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार गरेको आरोपमा काभ्रे घर भएका २८ वर्षी विष्ण भुजेल पक्राउ परेको काठमाण्डौ प्रहरी परिषरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

भुजेललाई काठमाण्डौ प्रहरी परिषरबाट खटिएको विशेष टोलीले काँडाघारीबाट पक्राउ गरिएको बोगटीले बताए । भुजेललाई अहिले परिषरमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको छ ।

युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको र चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको थियो । तर त्यहाँ बर्नवार्ड नभएकाले अहिले कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ ।

खड्काको घाँटी, छाती र हातमा धेरै असर गरेको कीर्तिपुर अस्पतालका डाक्टर अनुजराज कर्णिकारले बताए ।