स्वास्थ्य

नेपाल मेडिसिटीले विरामी र नर्सहरुको सुरक्षामा निरन्तर काम गर्नेछ : डा. महतो

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले विरामीहरुको उपचारजन्य सुरक्षा, नर्सहरुको पेशागत तथा वृद्धिवकासका लागि सुरक्षाका कार्यक्रमहरुको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका अवसरमा अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतले नेपाल मेडिसिटीले विरामी र नर्सहरुको सुरक्षामा निरन्तर काम गर्ने बताएका हुन् । उनले “नर्सहरुको आवाज सबैका लागि स्वास्थ्य” नारालाई सार्थक बनाउन लागि अस्पताल सधैँ लागिपर्ने बताएका हुन् । डा. महतोले नर्सहरुले सत्विचार र सत्कर्ममा ध्यान दिई विरामीहरुको सेवामा लाग्नुपर्ने धारणा राखे ।

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका अवसरमा मेडिसिटीले वृहत प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतोसहित सयौं नर्सहरु नेपाल मेडिसिटी अस्पतालदेखि पाटन दरबार स्क्वायरसम्म वाकाथनमा सहभागी भएका थिए ।
अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुधाकर जयरामले नेपाल मेडिसिटी अस्पतालले विरामी, नर्स तथा सम्पूर्ण कर्मचारीहरुको सुरक्षामा विशेष ध्यान दिएको बताए ।

पाटन दरबार स्क्वायरमा नर्सहरुले संक्रमण र हात धुने तरिकाबारे अस्पतालले जनचेतनामुलक नाटक समेत प्रस्तुत गरेको अस्पतालले जनाएको छ ।
त्यसैगरि अस्पतालका महाप्रबन्धक विजय रिमालले यस वर्ष नेपाल मेडिसिटी अस्पतालले विरामी, नर्स तथा सबै स्टाफहरुको सुरक्षामा विशेष ध्यान दिने बताए ।
नेपाल मेडिसिटी अस्पतालमा साताब्यापी कार्यत्रमका क्रममा अन्तर हाजिरी जवाफ प्रतियोगितासहित कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको अस्पतालका महाप्रबन्धक रिमालले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका ओटी, गाईनो तथा इमरजेन्सीका नर्सहरुले विभिन्न गितहरुमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।