समाचार

नुवाकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

नुवाकोटको मेगाङ गाउँपालिकामा चट्याङ लागेर शनिबार बेलुकी एक जनाको मृत्यु भएको छ ।

मेघाङ गाउँपालिका –४ मा निङ तामाङको घरमा चट्याङ पर्दा ६८ बर्षीय निङ तामाङको मृत्यु भएको हो ।
घरमै बसिरहेका बेला असिना र बर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको हो । घरमा परेको चट्याङले दुहुनो भैसी मर्नुको साथै चार वटा बाख्रा घाइते भएको छ ।
त्यस्तै घरमा आंशिक आगलागी भएको समेत जनाएको छ । घरमा कति क्षति भएको भन्ने बारे थप बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिम भट्टराईले जानकारी दिए ।