समाचार स्वास्थ्य

चर्चित रेडियोकर्मी सुरज श्रेष्ठको निधन

काठमाडौं । बुलन्द आवाजका धनि चर्चित रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज ९एमएनडी० बाट पीडित श्रेष्ठको ४५ वर्षको युवा अवस्थामै निधन भएको हो ।

श्रेष्ठको चाबहिलको ओम अस्पतालमा शनिबार बिहान २ः१५ बजे निधन भएको हो ।

यो त्यस्तो नसासम्बन्धी रोग हो जुन विरलै मानिसमा लाग्ने गर्छ । उनको हातगोडा नचल्ने, बोलीसमेत नआउने लगायतका समस्याहरु भएका थिए ।

उनी इमेज एफ एमका पूर्व स्टेशन म्यानेजर थिए । चार वर्ष अगाडिदेखि उनी बिरामी थिए । बुलन्द स्वरका कारण चर्चामा रहने श्रेष्ठका थुप्रै गीतमा प्रोमोहरु रहेका छन् ।

उनले थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका थिए । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।