प्रमुख समाचार

अबको तीन दिनभित्र अपुग कर्मचारीको विवरण पठाउन स्थानीय तहलाई आग्रह

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अबको तीन दिनभित्र अपुग कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ ।

रिक्त पदपूर्तिका लागि सात सय ५३ वटै स्थानीय तहलाई माग बमोजिम कर्मचारीको विवरण पठाउन पत्राचार गरेको हो ।

लोक सेवा आयोगसँग कुरा भएकाले अबको तिन महिना भित्रमा कर्मचारीहरुको व्यवस्थापन गर्न सकिने देखिएकाले छिट्टै नै कर्मचारीको विवरण पठाउन पत्राचार गरिएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कान्तिपथ डट कमसँग बताउनुभयो ।

स्थानीय तहले तोकिएको समयसिमामा विवरण पठाए असार मसान्त सम्म आवश्यक कर्मचारी छनोट गरेर पठाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितको भनाई छ ।

स्थानीय तहमा अझै पनि १६ हजार एक सय १८ कर्मचारी अपुग छन् भने संघमा सात हजार छ सय ४० र प्रदेशमा सात हजार ६ सय ३८ कर्मचारी अझै अपुग रहेका छन् ।