समाचार स्वास्थ्य

अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालको नि:शूल्क क्यान्सर रोग परिक्षण


काठमाडौं । क्यान्सर रोग निवारणका लागि क्रियाशील नेपाल अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालले पूर्वका बिभिन्न जिल्लामा जनचेतनामुलक कार्यक्रम सहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । अस्पतालले बिरामीलाई निशूल्क औषधि पनि वितरण गरेको छ ।
‘समयमै उपचार गरे क्यान्सर निको हुनसक्छ’ भन्ने नाराका साथ नेपाल अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालले संयुक्त रुपमा वैशाख ६ देखि १४ गतेसम्म १ र २ नं प्रदेशका जिल्लामा क्यान्सर रोग परिक्षण शिविर सम्पन्न गरेको थीयो ।

विभिन्न जिल्लाका ७ वटा स्थानमा सम्पन्न शिविरहरुमा ३ हजार ५ सय ५३ जना महिलाको पाठेघरको मुखको परिक्षण गरेको छ । जसमध्ये २ सय ३४ जना महिलामा रिङ प्रेसरी राखेको थियो भने ७ सय ४१ जना पुरुषको सामान्य क्यान्सर रोग परिक्षण गरिएको थियो ।
क्यान्सर रोग र सुर्तीजन्य पदार्थ सचेतना कार्यक्रम बिभिन्न स्कुल कलेज सैनिक क्याम्प लेडी जेसीजहरू गरी ६ वटा स्थानमा १६ सय ३५ जनालाई सामान्य क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र सुर्तीजन्य पदार्थकाबारे जनचेतना जगाइएको थियो ।

नेपाल अर्बुद रोग निवारण संस्थाका केन्दिय अध्यक्ष ईश्वर श्रेष्ठको अगुवाईमा भक्तपुर क्यान्सर अस्पतालका अंकोलाजिष्ट डा.प्रभु शाह गाईनो अंकोंलोजिष्ट डा.उषा बादे श्रेष्ठ, कार्यलय प्रमुख सुरेस सापकोटा सहीत २० जना ,प्राबिधिक टोलिको सहभागितामा बिभिन्न स्थानमा क्यान्सर रोग परिक्षण शिविर भब्यताका साथ सम्पन्न गरेको छ । साथै धनकुटाको मुलघाटस्थित विश्रान्ती मन्दिर बृद्धाश्रममा पनि भक्तपुर क्यान्सर अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरेको थियो ।