शिक्षा

चार सय जेहेन्दार विद्यार्थीलाई पाकिस्तान दुतावासले दियो छात्रवृत्ति

काठमाडौ । पाकिस्तानी दुतावासले चार सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बुधबार होटल हयात मा भएको एक कार्यक्रमका बिच पाकिस्तानी दुतावासले जेहेन्दार विद्यार्थीलाई दश–दश हजार रुपियाँको छात्रवृत्ति प्रदान गरेको हो । यसैगरी पर्वतका रमेश थापालाई २०१९ का उत्कृष्ट विद्यार्थी भन्दै स्वर्ण पदक प्रदान गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाकिस्तान दुतावासको छात्रवृत्ति कार्यक्रमले दुई दुई देशका नागरिकबीचको संबन्धलाई सुदृढ बनाएको बताए । यस्तै विद्यार्थीहरुलाई प्रदान गरिएको छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको सम्बन्ध थप प्रगाढ हुने नेपालका लागि पाकिस्तानी राजदुत मजहर जावेदले बताए । पाकिस्तानी दुतावासले विगत ७ वर्षदेखि नेपाली विद्यार्थीलार्ई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।