मनोरन्जन/साहित्य समाचार

बेलाको बोली सार्वजनिक

काठमाडौं । साहित्यकार मोहनबहादुर कायस्थबाट लिखित सामयिक विषयका विविध रचनाहरुको संकलन बेलाको बोली एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । साहित्यकार एवं उदयका सम्पादक दुर्गाप्रसाद श्रेष्ठले बेलाको बोली सार्वजनिक गर्दै जीवनमा भोगिने ससाना प्रसंग तथा अनुभूतिहरुले पनि साहित्यमा महत्व राख्ने बताए ।


कृतिका लेखक कायस्थले आफूले विभिन्न समय र अवस्थामा भोगेका विचार तथा विषयहरुलाई अभिव्यक्ति दिएको बताए । कायस्थ सेवा सदन बन्दिपुरका लागि निम्मायादेवी कायस्थद्धारा प्रकाशित बेलाको बोलीमा विभिन्न घटना तथा प्रसंगहरुमाथि लेखिएका सयवटा जति अनुभूति तथा विषयपरक निबन्धहरु संकलित छन् । ससाना आकारमा लेखिएका यी रचनाहरु अध्यात्म, राजनीति, मानवीयता, स्वास्थ्य क्षेत्र, अन्धविश्वास, उमेरजन्य प्रेम, अनुशासन, मैत्रीपूर्ण व्यवहार, मुलुकको एकता, पुस्तकालय आदि विषयसँग सम्बन्धित छन् ।