जीवनशैली विचार स्वास्थ्य

गरिब बिरामीका सेवक डा.आचार्य

नेपालको पच्चीस प्रतिशत जनताहरु हालसम्म पनि प्रत्यक्ष स्वास्थ्य शिविर र उपचारबाट वञ्चित छन् । उनीहरुको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले नेपालका विकट पहाडी, तराई र हिमाली जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य र विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, स्कुल बालबालिका स्वास्थ्य शिविर कार्यक्रम, गरिब र पिछडीएका जनताको निःशुल्क स्वास्थ्य उपचार कार्यक्रमका महान अभियानमा क्रियाशिल एक व्यक्ति हुन डा. रमेश कुमार आचार्य ।स्वास्थ्य र शिक्षा क्षेत्रमा एक पृथक परिचयको रुपमा स्थापित बन्न सफल डा. रमेश कुमार आचार्य नेपालको एक सामाजिक अभियन्ता हुन् । उनि आधुनिक स्वास्थ्य विज्ञानको अनुसन्धानकर्ता हुन । उनले नेपाली समाजमा स्वास्थ्य शिविर प्रशिक्षण र अनुसन्धानमूलक कार्यक्रम मार्फत योगदान गरेका छन् । विकट जिल्ला दैलेखको कूसापानीमा जन्मिएर स्वास्थ्य र शिक्षा क्षेत्रमा एक पृथक परिचय स्थापित गराउन सफल डा. आचार्य डक्टर्स इन्टरनेशनलको स्थापना गरी विगत ८ वर्ष देखि सयौं डक्टर्सहरुलाई सक्रिय सदस्यता दिई विभिन्न दुर्गम जिल्लाहरुमा औषधि उपचारबाट वञ्चित विरामीहरुको उपचारको लागि देश दौडाहमा पुग्ने अगुवा हुन् । भोलेन्टियर डक्टर्सहरुको संस्था स्थापना गर्ने नेपालको पहिलो व्यक्ति हुन डा. आचार्य । पैसा भन्दा ठूलो सम्पत्ति गरिबका लागि स्वास्थ्य कार्यक्रम मार्फत योगदान दिइरहेका आचार्य नेपाल सरकारको एक मात्र विज्ञान र प्रविधिको अनुसन्धान गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको विज्ञान र प्रविधि वैज्ञानिक कमिटीका सदस्य पनि हुन ।

गरिब नेपालीहरुको स्वास्थ्य, शिक्षामा उनले गरेको योगदानको उल्लेख्य रुपमा समिक्षा होला नहोला, कालन्तरमा उनले गरेको निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरण, बालबालिका स्वास्थ्य शिविर कार्यक्रम, स्वास्थ्यको पहँुचबाट टाढा रहेका गरिब बिरामीलाई गरेको सहयोग पिछडीएको दलित, राउटे र चेपाङ समुदायलाई गरेको योगदान एउटा हिस्सा बनेर रहन सक्ला भन्ने विश्वास गर्न सकिन्छ । आचार्य छोटो समयमा नै सामुदायिक स्वास्थ्य कार्यक्रमबाट नै चर्चामा आउन सफल भएका एक अभियन्ता, स्वास्थ्य अनुसन्धानकर्ताका रुपमा जीवन समर्पित गरिरहने विश्वास व्यक्त गर्दछन् । यसो त अनुसन्धानकर्ता आचार्य यसै क्षेत्रमा लागेर विभिन्न सामाजिक स्वास्थ्य कार्यक्रमहरु मार्फत सामाजिक स्वास्थ्य अभियन्ताको रुपमा योगदान गरिरहने योजना छ । उनले गरेको योगदानकै कारण दर्जनौं अवार्डबाट पुरस्कृत भएका छन् । आचार्य जहाँ जान्छन्, त्यहाँ सहयोगको हात फैलाउन पछि पर्दैनन् । भुकम्पको बेला उनको संस्थाले सातवटा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । यसबाट दशौं हजार भुकम्प पिडीत बिरामीहरुले लाभ लिएका थिए । राष्ट्रिय र अन्तराष्ट्रिय कार्यक्रमबाट जम्मा गरेको पैसाले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दछन् ।
नेपालमा बस्ने नेपाली वा विदेशमा काम गरिरहेका गरिब नेपालीलाई आधारभुत स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस भनि सेवा गरिरहने आचार्य बताउछन् । झापा, दैलेख, सुर्खेत, नेपालगंज, जनकपुर, विराटनगर, चितवनका विभिन्न वस्तीमा अवस्थित विद्यालयहरुमा र गाउँपालिकाका साथै उप–स्वास्थ्य चौकीहरु मार्फत निःशुल्क स्वास्थ्य शिविर गराईसकेका आचार्य हालसम्म ३० (तिस) वटा भन्दा बढी जिल्लामा कार्यक्रम संचालन गरिसकेका छन् ।नेपालबाट पहिलो पटक अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनको पहिलो जज बन्न सफल आचार्य चिनको थोङची मेडिकल विश्वविद्यालयको लिखित, मौखिक र प्रयोगात्मक परिक्षामा उत्कृष्ट भएर जजको भूमिकामा थिए । विभिन्न बत्तीस देशका एम.डी र पि.एच.डी. डक्टरहरुको अन्तराष्ट्रिय सम्मेलनमा उत्कृष्ट भए वापत जजको छनौटमा परेका थिए । यसै कारण आचार्यले थुप्रै अवार्डहरु प्राप्त गरेका छन् । मध्य पश्चिम विश्वविद्यालय अवार्ड, भेनस अस्पताल भोलन्टीएर डक्टर अवार्डको जज, त्रि.वि. अवार्ड, थोङची अन्तर्राष्ट्रिय अवार्ड लगायत थुपै्र पुरस्कार र सम्मानबाट विभुषित छन् । यस हिसाबले हेर्दा पनि सामुदायिक स्वास्थ्य अभियन्ता आचार्य, समाज, स्वास्थ्य, गरिबी र पिछडीएका क्षेत्र र बासिन्दाको लागि सक्रिय रुपले नै लागि परेको देखिन्छन् ।