आर्थिक प्रमुख समाचार समाचार स्वास्थ्य

सडक दुर्घटनामा परेका आशिष आर्थिक संकटमा परेपछि राजले शूरु गरे सहयोग अभियान

ललितपुर । केही समयअघि गोदावरी नगरपालिका, बाडेगाउ ,ग्लोबल हस्पिटल नजिक सडक दुर्घटनामा परि मेरुदण्ड भाचिएका गोदावरीका आशिष थापा आर्थिक संकटमा परेका छन । थापाको कम्मर मुनिको भाग नचल्ने भएको छ । हिडडुल र दिशा, पिसाब पनि अरुले गराउन पर्ने अबस्था रहेको छ । निम्न आर्थिक अवस्था भएका थापापरिवार यतिबेला आशिषको उपचारको लागि खर्च अभावमा तड्पीएका छन् । यतिबेला मनकारी मनको आवश्यकता र सहयोगको उनिहरुलाई खाँचो छ ।
थप उपचार नै गर्न नसक्ने अबस्थामा पुगेको थापा परिवारलाइ कलाकार तथा नेकपाका युवा नेता राज घिमिरेले सहयोग संकलनको अभियान थालेका छन् । समाजसेवी घिमिरेले आफैले रु. १० हजार दिएर सहयोग संकलनको अभियान सुरु गरेका छन् ।
अहिले सम्मको उपचारमा सबैबाट सबैको केहीहद सम्मको साथ, सहयोग र सद्भाव मिल्दै गएको उनले बताए । उनि भन्छन् “आफूसंग भएको थोरै पैसाले पनि कसैको जीवन बाँच्न मद्धत गर्छ भने किन सहयोग नगर्ने?” सेवा नै धर्म हो भन्ने भाव सबैले मनन गर्नुपर्ने बताउदै घाइते आशिष् भाइको जीवन बचाउ अभियान अन्तर्गत सकेको सहयोग गर्न उनले सबैमा हार्दिक अनुरोध गरेका छन् । उनका अनुसार अहिलेसम्म करुणामय मनका धनी, अरुको दुख आफ्नै जस्तो ठान्ने दाताहरु आउने क्रमको सुरुवात भएको छ । र दाताहरुलाई आशिष भाइको जीवन बचाउ अभियानमा साथ दिन उनले आग्रह पनि गरेका छन् ।